कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वेस्ट ब्रुममाथि एभरटनको शानदार जित

(एजेन्सी)

लिभरपुल — इंग्लिस प्रिमियर लिगमा एभरटनले शनिबार शानदार जित निकालेको छ । गुडसन पार्कका भएको खेलमा उसले १० खेलाडीमा सीमित वेस्ट ब्रुमलाई ५–२ ले हरायो । कार्लो एन्सेलोटी टिमको यो लगातार दोस्रो जित हो । 

वेस्ट ब्रुममाथि एभरटनको शानदार जित

एभरटनले आफ्नो पहिलो खेलमा टोटनहमलाई हराएको थियो र अब उनको दुई खेलबाट ६ अंक भएको छ । टिमको जितमा डोमिनिक क्लेभर्ट लेविनले ह्याट्रिक गरे ।

यस्तै ह्यामेस रोडरिग्वेज र माइकल केनले पनि गोल गरे । वेस्ट ब्रुमले ग्रेडी डेनगानाको गोलले अग्रता लिएको थियो । अर्को गोल भने म्याथ्यु परेराको नाममा रह्यो ।

यसअघि पहिलो हाफको अन्त्यमा केरन गिब्सले रातो कार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भएको थियो । यसै सिजन मात्र इंग्लिस माथिल्लो डिभिजनमा उत्रेको वेस्ट ब्रुमको यो लगातार दोस्रो हार हो ।

*यसअघिको शीर्षकमा 'वेस्ट ब्रुममाथि एभरटनको शानदार जित' हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

प्रकाशित : आश्विन ३, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?