कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साल्केविरुद्ध बायर्नको आठ गोल

एजेन्सी

म्युनिक — बायर्न म्युनिकले शुक्रबार जर्मन बुन्डेसलिगाको नयाँ सिजनमा सनसनीपूर्ण विजयी सुरुवात गरेको छ  । उसले सेर्गे जिनाब्रीको ह्याट्रिकमा साल्कालाई ८–० ले हरायो । त्यसमा डेब्यु गरिरहेका लेरोय सानेले पनि गोल गरे ।

साल्केविरुद्ध बायर्नको आठ गोल

यस्तै रोबर्ट लेवनडोस्की, लियोन गोरेटेज्का, थोमस मुलर र जमल मुसिलाले पनि गोल गरे । अन्य प्रतिद्वन्द्वी टिमका लागि गत सिजन तीन उपाधि जितेको बायर्नका तर्फबाट आफू कति बलियो छ भन्ने चेतावनी पनि रह्यो ।

बुन्डेसलिगाको पहिलो दिन कुनै पनि टिमले प्राप्त गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो । जनवरीयता लिगमा लगातार १७ खेलमा जितहीन रहेको साल्का बायर्नविरुद्ध निरिह जस्तै देखियो ।

युरोपेली च्याम्पियन्स लिग जितेको बायर्नले गत सिजन जर्मन घरेलु फुटबलका दुवै उपाधि लिग र कप पनि जितेको थियो । उसले साल्कामाथिको जितमा त्यो लय अझै कायम रहेको देखाएको थियो ।

प्रकाशित : आश्विन ३, २०७७ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?