कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थिएगो लिभरपुल आउने निश्चित

एजेन्सी

लन्डन — लिभरपुलले थिएगो अल्कान्टारालाई अनुबन्ध गर्ने निश्चित भएको छ । इंग्लिस प्रिमियर लिग च्याम्पियन क्लबले उनका लागि बायर्न म्युनिकलाई कम्तीमा दुई करोड पाउन्ड तिर्नेछ र यसमा पछि ५० लाख डलर जोडिनेछ ।
लिभरपुलले उनलाई चार वर्षको अनुबन्ध गर्नेछ ।

थिएगो लिभरपुल आउने निश्चित

सन् २०१३ मा बार्सिलोनाबाट बायर्न गएका २९ वर्षीय खेलाडी गत सिजन युरोपेली च्याम्पियन्स लिग विजेता टिमका प्रमुख सदस्य थिए । उनले एनफिल्डमा छ नम्बर जर्सी लगाउने छ ।

उनी लिभरपुलले यो सिजनका लागि अनुबन्ध गरेका दोस्रो खेलाडी हुनेछन् । यसअघि लिभरपुलले ग्रिक लेफ्ट ब्याक कोस्टास सिमिकासलाई भित्र्याएको थियो । लिभरपुलले चार वर्षको अवधिमा दुई करोड पाउन्ड बायर्नलाई तिर्नेछ ।

प्रकाशित : आश्विन १, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?