कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेयमारलाई दुई खेलमा प्रतिबन्ध, पीएसजीको पहिलो जित

एजेन्सी

पेरिस — फ्रान्सेली फुटबल संघले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारलाई बुधबार दुई खेलमा प्रतिबन्ध लगाएको छ । फ्रेन्च लिग वानमा मार्सेविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए । खेलको अन्त्यमा सुरु भएको झगडामा उनीसँगै ५ खेलाडीले रातो कार्ड पाएका थिए ।

नेयमारलाई दुई खेलमा प्रतिबन्ध, पीएसजीको पहिलो जित

झगडाका क्रममा ब्राजिली खेलाडीले मार्सेका डिफेन्डर एलभारो गोन्जालेजलाई गालामा हानेका थिए र फुटबल संघले पूरा घटनाका छानबिन पनि गरिरहेको छ । नेयमारबिना बुधबार नै मैदानमा उत्रेको पीएसजीले लिगमा पहिलो जित निकाल्न सफल रह्यो । उसले मेट्जलाई १–० ले हरायो ।

तस्बिर : रोयटर्स

खेलको निर्णायक गोल जुलियन ड्राक्सलरले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरेका थिए । डिफेन्डिङ च्याम्पियन पीएसजीले लिगका सुरुवाति दुई खेल गुमाएयता तेस्रो प्रयासमा पहिलो जित निकालेको हो । सन् २०१० यता पीएसजीले लगातार तीन खेलमा हार बेहोरेको छैन ।

प्रकाशित : आश्विन १, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?