कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितको उपचारमा सहयोग गर्न सीप्यानको अपिल

काठमाडौँ — क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले सडक दुर्घटनाबाट गम्भीर घाइते भएर उपचाररत राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीका लागि आर्थिक सहयोग आह्वान गरेको छ ।

ललितको उपचारमा सहयोग गर्न सीप्यानको अपिल

संघले मंगलबार विज्ञप्ति जारी गरी खेलाडीलाई संकट परेको समयमा पहलकदमी लिएको जनाउँदै ललितको उपचारका लागि आवश्यक आर्थिक सहयोग गर्न इच्छुकलाई सेन्चुरी बैंकमा रहेको संघको खातामा रकम जम्मा गर्न अनुरोध गरेको हो ।

अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा कञ्चनपुरदेखि काठमाडौंसम्म ललितको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइएको छ ।

सेन्चुरी बैंकको खाता नम्बर ०० १०००२५२९ सीएमा ललितका लागि उपलब्ध हुने आर्थिक सहयोग पारदर्शी राखिने संघले जनाएको छ । आइतबार साँझ क्रिकेटर ललित सवार म२प ४७०५ नम्बरको मोटरसाइकललाई से१ख १३२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । कोरोना महामारीका कारण खेल गतिविधि ठप्प भएपछि ललित शुल्लाफाँटा नगरपालिका १० स्थित घरमै थिए ।

उनको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको थियो । धनगढीबाट बाँकेको नेपालगन्ज मेडिकल कलेज ल्याइएकोमा त्यहाँ पनि उपचार सम्भव नभएपछि सोमबार अपरान्ह काठमाडौंको ग्रान्डी अस्पताल भर्ना गरिएको छ । चिकित्सकका अनुसार उनको एक हात र एक खुट्टाको एकभन्दा बढी स्थानमा भाँच्चिएको छ । कलेजो र फोक्सोमा पनि चोट देखिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?