कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खर्चालु चेल्सीको विजयी सुरुवात

एजेन्सी

लन्डन, — फ्रायन्क लाम्पार्डको खर्चालु चेल्सीले सोमबार इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । उसले ब्राइटनको घरमा ३–१ को जित निकाल्यो र त्यसमा टिमो वार्नरले आत्मविश्वासले भरिएको डेब्यु गरे । 

खर्चालु चेल्सीको विजयी सुरुवात

चेल्सीले नयाँ खेलाडी अनुबन्ध गर्नका लागि भनेर २५ करोड ७० लाख डलर खर्चेको छ । वार्नरले जितेको पेनाल्टीमै जोरजिन्होले पहिलो गोल गरे । लगतै लियोनार्डो टोसार्डले ब्राइटनका तर्फबाट एक गोल फर्काए । त्यसयता चेल्सीका तर्फबाट रेसे जेम्स र कर्ट जुमाले गोल गरे । लाम्पार्डका लागि यो अपेक्षित सुरुवात पनि रह्यो ।

उनले लिग अगाडि क्लबले नयाँ खेलाडीमा धेरै खर्च गरेको हुनाले आफू दबाबमा रहेको पनि स्विकारेका थिए । गत सिजन लिगमा विजेता लिभरपुलभन्दा ३३ अंकले पछाडि रहेको चेल्सी एफएकप फाइनलमा पनि आर्सनलसँग पराजित रहेको थियो । तर यसपल्ट टिम सुदृढ बनाएपछि चेल्सीले उपाधिका लागि बलियो दाबेदारी पेस गर्ने छ ।

यस्तै अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडमाथि २–० को जित रच्न सफल रह्यो ।उल्भ्सले भने छ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । राउल जिमिनेज र रोमेन साइस उसका लागि गोलकर्ता रहे । गत सिजन ५९ खेल खेलेको उल्भ्सले यसपल्टको लिगको क्रममा थाकेको कुनै लक्षण देखाएन । ब्रामल लेनमा उल्भ्सले तेस्रो र छैटौं मिनेटमा गोल गरेको थियो र त्यसपछि बाँकी खेल आरामले खेल्यो ।

प्रकाशित : भाद्र ३०, २०७७ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?