कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्डले जित्यो दोस्रो वान डे, शृंखला बराबरीमा

एजेन्सी

म्यानचेस्टर — इंग्ल्यान्डले आइतबार अस्ट्रेलियाविरुद्धको दोस्रो वान डे जित्दै शृंखला १–१ को बराबरीमा ल्याएको छ । वान डे विश्व च्याम्पियनले पहिले ब्याटिङ गर्दै ९ विकेटमा बनाएको २ सय ३१ रनको पनि रक्षा गरेको थियो ।

इंग्ल्यान्डले जित्यो दोस्रो वान डे, शृंखला बराबरीमा

मध्यम लक्ष्य पछ्याएको अस्ट्रेलिया ४८.४ ओभरमा अलआउट भएको थियो र यससँगै इंग्ल्यान्डको २४ रनको जित सम्भव भएको हो । जित लक्ष्य पछ्याइरहेको अस्ट्रेलिया एक समय २ विकेट मात्र गुमाउँदा १ सय ४४ रनको स्थितिमा थियो ।

त्यसयता इंग्ल्यान्डका लागि क्रिस वक्स र जोफ्रा आर्चरले घातक बलिङ गरे र अस्ट्रेलिया नाटकीय पतनको शिकार बन्यो । पाहुना टिमले २१ बलमा ३ रन मात्र बनाएर ४ विकेट गुमाएको थियो ।

प्रकाशित : भाद्र २९, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?