कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेयमारसहित पीएसजीका ३ खेलाडीलाई  कोरोना संक्रमण

एएफपी

पेरिस — पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना तीन खेलाडी कोराना भाइरसबाट संक्रमति भएको बिहीबार पुष्टि गरेको छ । त्यसमध्ये एक खेलाडी ब्राजिली स्टार नेयमार रहेको बताइएको छ।

नेयमारसहित पीएसजीका ३ खेलाडीलाई  कोरोना संक्रमण

युरोपेली च्याम्पियन्स लिग उपविजेताले घरेलु लिग वान सुरु हुन अगाडि आफ्ना खेलाडीको कोराना परीक्षण गरेको थियो । पीएसजीले भनेको छ, ‘हाम्रा तीन खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।’ क्लबका सबै खेलाडी र स्टाफहरुको पनि केही दिनमै कोरोना परीक्षण हुने पीएसजीले बताएको छ

क्लबले संक्रमित खेलाडीको नाम भनेको छैन, तर फ्रान्सेली समाचार संस्था (एएफपी) ले आफ्नो स्रोतलाई उद्धृत गर्दै त्यसमध्ये एक खेलाडी नेयमार रहेको जनाएको छ ।

प्रकाशित : भाद्र १८, २०७७ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?