कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्ड मजबुत स्थितिमा, क्रोली दोहोरो शतकतर्फ

एजेन्सी

साउथह्याम्पटन — इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो तथा निर्णायक टेस्टको पहिलो दिन शुक्रबार उत्कृष्ट प्रदर्शन गरेको छ । इंग्ल्यान्ड पहिलो दिनको समाप्तिमा ४ विकेट गुमाएर ३ सय ३२ रन बनाएर मजबुत स्थितिमा रह्यो ।

इंग्ल्यान्ड मजबुत स्थितिमा, क्रोली दोहोरो शतकतर्फ

घरेलु टिमका लागि ज्याक क्रोली १ सय ७१ रन र जस बटलर ८७ रन बनाएर खेलिरहेका छन् । उनीहरूले चौथो विकेटका लागि २ सय ५ रनको साझेदारी गरिसकेका छन् ।

अब शनिबार दोस्रो दिनको सुरुवातमा क्रोलीको उद्देश्य आफ्नो दोहोरो शतक पूरा गर्ने हुनेछ । यो उनको टेस्ट क्रिकेटमा इंग्ल्यान्डका लागि पहिलो शतक पनि हो ।

प्रकाशित : भाद्र ६, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?