कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिशेक मोहम्मदन स्पोर्टिङमा

काठमाडौँ — नेपाली फुटबल खेलाडी अभिशेक रिजालले बुधबार भारतीय क्लब मोहम्मदन स्पोर्टिङसँग तीन वर्षको अनुबन्ध गरेका छन् । मोहम्मदन अहिले भारतको दोस्रो डिभिजनमा रहेको छ ।

अभिशेक मोहम्मदन स्पोर्टिङमा

गत वर्ष उनले माल्दिभ्सको दोस्रो डिभिजनको क्लबबाट खेलेका थिए । अनुबन्ध अनुसार मोहम्मदन अर्को सिजन माथिल्लो डिभिजनमा उक्लन असफल रहेमा उनी नयाँ क्लब जान स्वतन्त्र हुनेछन् ।

सहिद स्मारक लिगको पछिल्लो सिजन उनले मछिन्द्रबाट खेलेका थिए । तर मछिन्द्रमा लामो समय बिताएनन् र माल्दिभ्स लागेका थिए ।

प्रकाशित : भाद्र ३, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?