कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आन्द्रेस्कुले यूएस ओपन नखेल्ने

एजेन्सी

मोन्ट्रियल — यूएस ओपनका महिलातर्फका डिफेन्डिङ च्याम्पियन बिएन्का आन्द्रेस्कुले यो वर्षको प्रतियोगिता नखेल्ने भएकी छिन् ।

आन्द्रेस्कुले यूएस ओपन नखेल्ने

कोरोना भाइरस संक्रमणको महामारीका कारण तयारी नपुग भएको उनले नखेल्ने घोषणा गरेकी हुन् ।

गत वर्षको फाइनलमा २० वर्षीया क्यानडेली खेलाडीले अमेरिकाका सेरेना विलियम्सलाई पराजित गरेकी थिइन् । यसपल्टको यूएस ओपन न्युयोर्कमा अगस्ट ३१ बाट सुरु हुनेछ ।

यसअघि पुरुषतर्फका विजेता राफेल नाडालले पनि प्रतियोगिता नखेल्ने घोषणा गरिसकेका छन् । उनले पनि यसका लागि स्वास्थ्यको कारण देखाएका छन् ।

प्रकाशित : श्रावण ३०, २०७७ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?