कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेवरकुसनलाई हराएर इन्टर युरोपा लिगको अन्तिम चारमा

एजेन्सी

डुसलडोफ — बेल्जियमका फरवार्ड रोमेलु लुकालुले सोमबार इन्टर मिलानलाई युरोपा लिगको सेमिफाइनल प्रवेश गर्न निर्णायक खेल प्रदर्शन गरेका छन् । उनकै उत्कृष्ट प्रदर्शनमा इन्टरले बायार लेवरसकुसनलाई २–१ ले हरायो । 

लेवरकुसनलाई हराएर इन्टर युरोपा लिगको अन्तिम चारमा

निकोलो बारेलाले १५ औं मिनेटमा इन्टरलाई सुरुवाति अग्रता दिलाए । त्यसको ६ मिनेटपछि बेल्जियमका खेलाडी लुकाकुले दोस्रो गोल थपे । जर्मन टिमका लागि काइ हारभटेजले एक गोल फर्काए ।

लुकालुले युरोपा लिगमा लगातार नवौं खेलमा गोल गरेका हुन् र उनी यस्तो उपलब्धि हात पार्ने पहिलो खेलाडी हुन् । अब अन्तिम चारमा इन्टरको प्रतिद्वन्द्वी मंगलबार साख्तर डोनेस्क र एफसी बासेलबीच खेलले निर्धारण गर्नेछ ।

प्रकाशित : श्रावण २७, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?