कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युभेन्ट्सले प्रशिक्षक सारीलाई गर्‍यो बर्खास्त

(एजेन्सी)

टुरिन — युभेन्ट्सले शनिबार आफ्ना प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेको छ । सारीले क्लब सम्हाल्ने एक वर्षको अवसर मात्र पाए । उनको नेतृत्वमा युभेन्ट्सले लगातार नवौं पल्ट इटालीको सिरी ए उपाधि जितेको थियो ।

युभेन्ट्सले प्रशिक्षक सारीलाई गर्‍यो बर्खास्त

तर क्लब युरोपेली च्याम्पियन्स लिगमा अन्तिम १६ बाट नै बाहिरिएको थियो । शुक्रबार रातिको खेलमा युभेन्ट्सले लियोनलाई हराएपछि ‘अवे गोल’ को आधारमा बाहिरिएको थियो ।

चेल्सीमा एक वर्ष बिताएयता गत सिजनमात्रै ६१ वर्षीय सारीले युभेन्ट्ससँग तीन वर्षको अनुबन्ध गरेका थिए । लिगमा पनि युभेन्ट्स आफ्नो अन्तिम चारमध्ये तीन खेलमा पराजित रहेको थियो ।

लिगको अन्त्यमा युभेन्ट्स दोस्रो स्थानमा रहेको युभेन्ट्सभन्दा एक अंकले मात्र अगाडि रहन सक्यो । युभेन्ट्सले सन् १९९६ यता च्याम्पियन्स लिग जित्न सकेको छैन ।

प्रकाशित : श्रावण २४, २०७७ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?