कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

अबको ट्वान्टी–२० विश्वकप भारतमा

एजेन्सी

दुबाई — अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा आयोजना गर्ने निर्णय गरेको छ । यो वर्ष हुनुपर्ने ट्वान्टी–२० विश्वकपको अर्को संस्करण भने अब सन् २०२२ मा अस्ट्रेलियामा हुनेछ ।

अबको ट्वान्टी–२० विश्वकप भारतमा

कोरोना भाइरस संक्रमणको महामारीका कारण यो प्रतियोगिता पछाडि सारिएको हो । यस्तै आईसीसीले महिलाको वान डे विश्वकप पनि पछाडि सारेको छ ।

अब सन् २०२२ को फेब्रुअरी, मार्चमा मात्र यो प्रतियोगिता हुनेछ । यो प्रतियोगिता न्युजिल्यान्डमा हुने कार्यक्रम थियो । भारतले भने नियमित कार्यक्रम अनुसार पुरुष ट्वान्टी–२० विश्वकपको आयोजना गर्ने अवसर पाएको हो ।

प्रकाशित : श्रावण २४, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?