कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डोले दुई गोल गरे पनि पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी

टुरिन — युभेन्टसविरुद्धको दोस्रो लेगको खेल शुक्रबार २–१ ले गुमाएर पनि लियोनले युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्रा तय गरेको छ । क्रिस्टियानो रोनाल्डोले खेलमा दुई गोल गरे पनि त्यो युभेन्टसका लागि पर्याप्त रहेन ।

रोनाल्डोले दुई गोल गरे पनि पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

पहिलो लेगमा फ्रान्सेली टिम १–० ले विजयी रहेको थियो । दुई टिमबीचको टाइ २–२ को बराबरी रहेको स्थितिमा लियोन ‘अवे गोल’ को आधारमा अन्तिम आठमा पुग्न सफल रहेको हो । अब उसले म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

लियोनले दोस्रो लेगमा मेमफिस डेपेले १२ औं मिनेटमा पेनाल्टीबाट गरेको गोल मदतले अग्रता लिएको थियो । त्यस स्थितिमा क्वाटरफाइनल पुग्न इटालीको च्याम्पियन टिमलाई तीन गोलको आवश्यकता थियो ।

तस्बिर : रोयटर्स

रोनाल्डोले यसका लागि पूरा प्रयास गरे पनि सकेनन् । उनले सुरुमा पेनाल्टीबाट एक गोल गरे र पछि ६० औं मिनेटमा दोस्रो व्यक्तिगत गोल पनि थपे ।

प्रकाशित : श्रावण २४, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?