कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएलको मुख्य प्रायोजकबाट चिनियाँ मोबाइल कम्पनी भिभो अलग

एजेन्सी

मुम्बई — चिनियाँ मोबाइल उत्पादक कम्पनी भिभोलाई इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रायोजकबाट हट्ने भएको छ । भिभोले सन् २०१७ मा प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा अनुबन्ध गरेको थियो ।

आईपीएलको मुख्य प्रायोजकबाट चिनियाँ मोबाइल कम्पनी भिभो अलग

त्यो अनुबन्ध पाँच वर्षका लागि २ हजार १ सय ९९ करोड भारतीय रुपैयाँको थियो । यस सिजन मात्र भिभोले ४ सय ४० करोड भारतीय रुपैयाँ दिने तय थियो । भिभो हटेपछि अब भारतीय क्रिकेट बोर्डलाई नयाँ प्रायोजक खोज्ने दबाब हुनेछ ।

प्रतियोगिताको १३ औं सस्करणको मुख्य प्रायोजकबाट भिभो हट्ने समाचारलाई भारतीय मिडियाले खुबै महत्त्व दिएका छन् । भारत र चीनबीचको सम्बन्ध बिग्रेपछि भारतीय क्रिकेट बोर्डमाथि चिनियाँ प्रायोजक हटाउने ठूलो दबाब थियो । बीसीसीआईका अनुसार यस वर्षको आईपीएलको मुख्य प्रायोजकबाट हटे पनि सन् २०२१ देखि फेरि भिभोसँग सम्झौता हुन सक्नेछ ।

पछिल्लो समय गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपमा २० भारतीय सैनिक मारिएपछि दुई देशबीचको सम्बन्ध चिसिएको छ । भारतमा चिनियाँ उत्पादनमाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेका बेला आईपीएलको मुख्य प्रायोजनबाट पनि चिनियाँ कम्पनीलाई हटाउनुपर्ने माग उठेको हो ।

प्रकाशित : श्रावण २१, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?