कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विकास राष्ट्रिय टोलीका गोलरक्षक प्रशिक्षक

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक कमिटीले मंगलबार विकास मल्ललाई नेपाली राष्ट्रिय टिमको गोलरक्षक प्रशिक्षक नियुक्त गरेको छ । विकास नेपाली राष्ट्रिय टिमका पूर्वगोलरक्षक हुन् ।

विकास राष्ट्रिय टोलीका गोलरक्षक प्रशिक्षक

सन् २००५–२०१३ बीच नेपाली राष्ट्रिय टिमका पहिलो रोजाइका गोलरक्षक रहेका विकासको घुँडाको चोटका कारण खेलजीवन लामो समय चल्न सकेन । कतारमा घुँडाको शल्यक्रिया गरिए पनि उनी खेलमा फर्कन सकेनन् ।

गोलरक्षक प्रशिक्षकको सी लाइसेन्स लिएका विकासले जापानका हिरो मित्सुमारुको स्थान लिनेछन् । कोभिड–१९ संक्रमणयता उनी जापानमै छन् ।

प्रकाशित : श्रावण २०, २०७७ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?