नयाँ सिरी ‘ए’ सिजन सेप्टेम्बर १९ बाट

एजेन्सी

मिलान — इटालियन सिरी ‘ए’ को नयाँ सिजन सेप्टेम्बर १९ बाट सुरु हुने भएको छ । निर्धारित कार्यक्रमभन्दा एक सातापछि लिग सुरु हुन लागेको इटालीको लिग आयोजकले जनाएको छ ।

नयाँ सिरी ‘ए’ सिजन सेप्टेम्बर १९ बाट

सन् २०१९–२०२० को सिजन आइतबार मात्र सकिएको छ । त्यसअगाडि मार्चदेखि जुनसम्मको तीन महिना लिग कोरोना भाइरस संक्रमणका कारण रोकिएको थियो ।

यसपल्टको लिगमा क्रिसमसको बिदा पनि छोट्याइएको छ । जनवरीको पहिलो साता पनि खेल हुनेछन् । युभेन्ट्स सिरी ‘ए’ को डिफेन्डिङ च्याम्पियन छ ।

प्रकाशित : श्रावण २०, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?