कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्डको कठिन जित

एजेन्सी

साउथह्याम्पटन — इंग्ल्यान्डले दोस्रो वान डेमा शनिबार आयरल्यान्डलाई चार विकेटले हरायो र सिरिजमा निर्णायक २–० को अग्रता पनि लिएको छ । तर यो जितका लागि इंग्ल्यान्डले संघर्ष भने गर्नु परेको थियो ।

इंग्ल्यान्डको कठिन जित

जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याइरहेको इंग्ल्यान्डले जोनी बियरस्टोको ८२ रनको मदतले आक्रमक सुरुआत पनि लिएको थियो । तर उनीसँगै कप्तान इओन मोर्गन र मोइन अलि आउट भएपछि इंग्ल्यान्ड दबाबमा आएको थियो ।

त्यसयता साम बिलिङ्स र डेविड विलीबीचको ७९ रनको साझेदारीका कारण इंग्ल्यान्ड १७.३ ओभरको खेल अगाडि नै जितसम्म पुग्न सफल रह्यो ।

प्रकाशित : श्रावण १८, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?