कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदी कम्पनीले न्युकासल युनाइटेड नकिन्‍ने

एजेन्सी

न्युकासल — साउदी अरेबियाका कम्पनीहरू इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेड किन्ने प्रक्रियाबाट पछाडि हटेका छन् । ती कम्पनीमा साउदी राजपरिवारको लगानी रहेको पीआईएफसँगै पीपीसी क्यापिटल र रुबेन ब्रदर्श थिए ।

साउदी कम्पनीले न्युकासल युनाइटेड नकिन्‍ने

यसअघि न्युकासलका वर्तमान मालिक माइक एस्लीले अप्रिलमा ३० करोड पाउन्डमा क्लब बेच्ने घोपणा गरेका थिए । तर अहिले यो प्रक्रिया नै रोकिएको छ ।

साउदी राजकुमार मोहम्मद बिन सलमानले न्युकासल किन्नमा प्रमुख रूचि देखाएका थिए र त्यसक्रममा क्लबमा ठूलो लगानी गर्ने संकेत पनि गरेका थिए ।

प्रकाशित : श्रावण १६, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?