कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘म्यानचेस्टरको प्रशंसा नगर्नु’

द गार्डियन

लन्डन — म्यानचेस्टर युनाइटेडले फेरि एकपल्ट युरोपेली च्याम्पियन्स लिग फुटबलमा खेल्ने भएको छ । व्यवस्थापक ओले गनर सोल्सायर मान्छन्, धेरै आलोचनाले क्लबलाई अझ बलियो हुन मद्दत गर्‍यो । 

‘म्यानचेस्टरको प्रशंसा नगर्नु’

इंग्लिस प्रिमियर लिगको अन्तिम दिन आइतबार राति म्यानचेस्टरले लेस्टर सिटीलाई २–० ले हरायो र हात पार्‍यो तेस्रो स्थान । यो यस्तो उपलब्धि हो, जसलाई यसअघि कसैले पनि अनुमानसमेत गरेका थिएनन् । जनवरीतिर त यस्तो हुन्छ भनेर सोच्न सकिने स्थिति पनि थिएन ।

त्यो महिना म्यानचेस्टर चौथो स्थानमा रहेको चेल्सीभन्दा ६ अंकले पछाडि थियो । तेस्रो स्थानमा रहेको लेस्टरभन्दा त १४ अंकले पछाडि थियो । खराब लयबाट गुज्रिरहेको लेस्टर आफैं भने किंग्स पावर स्टेडियममा बेहोरेको हारपछि पाँचौं स्थानमा रह्यो । टोलीले सान्त्वना पुरस्कारका रूपमा खेल्नेछ युरोपा लिग । लेस्टरले त्यो खेल जितेको भए म्यानचेस्टर उल्टै पाँचौं स्थानमा झरेको हुन्थ्यो । किनभने अर्को खेलमा चेल्सीले उल्भसलाई हराइसकेको थियो ।

खेलपछि सोल्सायरले भने, ‘मलाई लाग्छ, मिडियालाई म्यानचेस्टर च्याम्पियन्स लिगमा छनोट भएको मन परिरहेको छैन । सबैले हामीलाई छैटौं वा सातौं स्थानमा रहनेछ भनेर अनुमान गरिरहेका थिए । एक प्रकारले यी सबै अनुमान ठीकै छ किनभने यसले हामीलाई राम्रो खेल्न प्रेरित गर्‍यो, आलोचनाले खासमा बलियो पनि बनाउने गर्छ । मेरो विश्वास पनि बढ्न थालेको थियो, मेले जे काम गरिरहें, त्यो ठीक छ भनेर । कृपया मेरो धेरै प्रशंसा नगर्नु यसले मलाई घमण्डी बनाउँछ ।’

उनी लिगको तेस्रो स्थानमा आउनुलाई म्यानचेस्टरको सफलता पनि मान्छन् । यसबारे उनको तर्क छ, ‘मैले लगातार ती सबै भविष्यवाणीबारे पढिरहेको थिएँ, हाम्रा आफ्नै सहयोगी भने चिन्तित थिएँ । तर म फेरि भन्छु अहिले हामीसँग जुन टिम छ, त्यसको मद्दतले तेस्रो स्थानमा आउनु भनेको ठूलै उपलब्धि हो । एउटा टिमका रूपमा हामी पुनर्निर्माणबाट गुज्रिइरहेका छौं । लिग कप र एफए कपको सेमिफाइनलमा पराजित रहेर यहाँसम्मको यात्रा गर्नुले देखाउँछ, हामी मानसिक रूपमा पनि बलियो छौं ।’ के अब म्यानचेस्टरले लिभरपुल वा म्यानचेस्टर सिटीलाई अबको सिजन चुनौती दिन सक्ने छ त ? या यस्तो चुनौती पेस गर्न उनी के सही व्यवस्थापक हुन् त ? यसमा उनको उत्तर छ, ‘यो भने हाम्रा लागि वास्तवमै ठूलो चुनौती हुनेछ । मलाई आफूले राम्रो काम गरिरहेको जस्तो लाग्छ र म सही दिशामा पनि छु । फुटबल क्लब कसरी चलाउने हो भन्नेबारे सबैका आ–आफ्नो धारणा हुन्छ र यो फरक फरक हुन्छ । म आफ्नै पाराले काम गर्छु र मलाई यही ठीक लाग्छ ।’

एक प्रकारले भन्ने हो भने सोल्सायरको नेतृत्वमा म्यानचेस्टरमा एउटा नयाँ कालखण्ड सुरु भएको छ । भलै त्यो छोटो अवधिकै मात्र छ अहिलेसम्म । म्यानचेस्टरले खेलेका पछिल्ला केही खेलमा टिमको प्रदर्शन राम्रो रहेन, तर एउटा तथ्य के पनि निश्चित थियो भने टिमको आक्रमण तिखारिएको देखिएको छ यसबीच पनि । सोल्सायरको एउटा गुण धेरै राम्रो छ र त्यो हो, उनी सामान्य ढंगले काम गर्न रुचाउँछन् । यो नै उनको शक्ति पनि त हो ।

प्रकाशित : श्रावण १३, २०७७ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?