द गार्डियन

द गार्डियनका लेखहरु :

इंग्ल्यान्डले छाडेको यादगार सम्झना

डेविड विलीले विश्वकप खेल्न भारत उड्न लागेको विमान नै झन्डै झन्डै छुटाएका थिए । वास्तविक इंग्लिस क्रिकेट टिम भारत आएकै थिएन् । जति बेला टिमले रंग देखाउन सुरु गरेको थियो, घर जाने समय आइसकेको थियो । इंग्ल्यान्डको पूरा भारत भ्रमणमा खालि अन्योलता मात्रै रहे ।

अप्रत्यासित नतिजाको महिला विश्वकप

शीर्ष १० मध्ये तीन टिम त महिला विश्वकप फुटबलबाट बाहिरिइसकेका छन् । त्यो पनि लिग चरणबाटै । दुईपल्टको डिफेन्डिङ च्याम्पियन अमेरिका पनि बाहिरिने डरबाट गुज्रिएको थियो । जर्मनी त फिफा वरीयताको दोस्रो स्थानमा रहेको टिम हो । यही टिमले लिग चरण पनि पार गर्न सकेन । जर्मनीले अहिलेसम्म नौपल्ट महिला विश्वकप खेलेकोमा लिग चरणमै रोकिएको यो नै पहिलोपल्ट हो । क्यानडा वरीयताको सातौं स्थानको टिम हो अनि ब्राजिल आठौं ।

मेसी मियामी जानुको ‘अर्थ’

इन्टर मियामी अमेरिकी खेल फ्रेन्चाइजमध्ये सर्वाधिक पछ्याइएको पाँचौं क्लब भएको छ । केही अगाडिसम्म इन्स्टाग्राममा मेजर लिग सकर (एमएलएस) को यस टोलीलाई पछ्याउने ९ लाख थिए । अब ९० लाख पुगिसकेका छन् । मियामीले आफ्नो रंगशालाको दर्शक क्षमता बढाउने निर्णय गरिसकेको छ । 

आफूलाई महान् ठान्दैनन् जोकोभिच

नोभाक जोकोभिचलाई के लाग्छ भने उनी विश्व टेनिसकै सर्वकालीन महान् खेलाडी हुन् वा होइनन्, त्यसको निर्णय गर्ने उनी आफैं होइनन् । उनले आइतबारमात्रै फ्रेन्च ओपन टेनिस जिते । यससँगै उनले जितेको ग्रान्ड स्लामको संख्या २३ पुगेको छ । यससँगै जोकोभिचले सर्वाधिक ग्रान्ड स्लाम उपाधि जितेको कीर्तिमानमा राफेल नडाललाई उछिनेका छन् । उनले सेरेना विलियम्ससँग बराबरी पनि गरेका छन् ।

‘इंग्लिस टिम पूर्णतातर्फ’

पाकिस्तानमाथि ३–० को ऐतिहासिक टेस्ट शृंखला जितेपछि इंग्लिस टिमका प्रशिक्षक ब्रेन्डन म्याकलम मान्छन्, आफ्नो टिम पूर्णतातर्फ अग्रसर छ । इंग्ल्यान्डले कराँचीमा भएको तेस्रो तथा अन्तिम टेस्टमा पाकिस्तानलाई ८ विकेटले हराएको थियो ।

नचाहिएका ‘सुपर स्टार’

क्रिस्टियानो रोनाल्डो अब त्यस्ता ‘सुपरस्टार’ भएका छन्, जसको आवश्यकता कसैलाई भएन । आखिर पोर्चुगलले पनि त्यही बाटो रोजेको छ, जुन यसअघि म्यानचेस्टर युनाइटेडले अपनाएको थियो । त्यो हो, रोनाल्डोविना खेल्ने अनि नतिजा राम्रो निकाल्ने । उनीविनाको पोर्चुगल साँच्चै राम्रो देखियो, विश्वकप २०२२ को अन्तिम १६ को खेलमा ।

‘गोल्डेन बुट’ जित्नेहरू

‘वर्ल्डकप गोल्डेन बुट’ । यो यस्तो व्यक्तिगत अवार्ड हो, जसलाई जित्न प्रत्येक फरवार्डको उद्देश्य रहने गर्छ । विश्वकप फुटबलको अवार्ड जित्नुको अर्थ महान् खेलाडीको सूचीमा आफूलाई समावेश गर्नु पनि हो ।

विश्वकपले ईपीएल ६ साता विश्राम

इंग्लिस प्रिमियर लिग (ईपीएल) ले अहिलेसम्म कहिल्यै नभएको ६ साताको विश्राम लिँदै छ । कारण हो, कतारमा हुने विश्वकप । यो सप्ताहन्तका खेल सबै सकिएका छन् । अब फेरि डिसेम्बर २६ देखि मात्र खेल सुरु हुनेछ । विश्वकप आफैं नोभेम्बर २० मा सुरु भएर डिसेम्बर १८ मा सकिनेछ । यस्तोमा प्रश्न हो, विश्वकप विश्रामअघि ईपीएलको वास्तविक स्थिति कस्तो छ त ? यो प्रश्न किन महत्त्वपूर्ण छ भने यो लिग नै त्यस्तो प्रतियोगिता हो, जसबाट सबैभन्दा बढी खेलाडीले विश्वकप खेल्नेछन् ।

अन्ततः स्टोक्सले पाए मुक्ति

मौसमको भविष्यवाणी पूर्णतः गलत रह्यो । इंग्ल्यान्डका लागि भने सबथोक ठीकठाक रह्यो । आखिरमा पानीले खेल बिथोल्न सकेन र जस बटलरको टिम मेलबर्नमा बन्यो, नयाँ ट्वान्टी–२० विश्वकप च्याम्पियन । खेलका खास नायक भने बेन स्टोक्स रहे । उनको बानी नै छ, ठूलो महत्त्वको खेलमा ठूलै खेल्ने । उनकै निर्णायक इनिङ्सको मद्दतले इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायो र दोस्रोपल्ट ट्वान्टी–२० विश्व च्याम्पियन बन्यो ।

मेडलाई विश्वकपप्रति सम्मान छैन

 इंग्लिस फरवार्ड बेथ मेडले कतारमा हुने पुरुष विश्वकपमा आफ्नो कुनै समर्थन नरहेको बताएकी छन् । कतारमा समलैंगिक सम्बन्ध गैरकानुनी रहेको हुनाले मेडको समर्थन नगरेको बताइन् ।