‘फर्गी टाइम’ होइन, अहिले ‘आर्ने टाइम’

फर्गुसनको प्रभाव रहेकाले त्यसलाई ‘फर्गी टाइम’ मा परिभाषित गरिन्थ्यो । अहिले लिभरपुलले यस्तै प्रवृत्ति देखाउन थालेको छ । प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा यस्तै जितको मद्दतमा लिभरपुलले उपाधि जित्ने छाँट देखाउन गरेको छ ।

भाद्र ३१, २०८२

द गार्डियन

Not 'Fergie time', now 'Arne time'

What you should know

लन्डन — लिभरपुलले यसपल्ट इंग्लिस प्रिमियर लिगमा जसरी उपाधिको रक्षा अभियान सुमधुर तरिकाले सुरु गरेको छ । यसले पक्कै पुराना केही यस्तै अवसरलाई सम्झाएको छ । 

कुनै समय इंग्लिस फुटबलमा ‘फर्गी टाइम’ थियो । अब पालो ‘आर्ने टाइम’ को । सर एलेक्स फर्गुसन प्रशिक्षक हुँदा म्यानचेस्टर युनाइटेडले प्रायः आफ्ना प्रतिद्वन्द्वीलाई खेलको अन्त्यतिर गोल गर्दै हराउन सक्थ्यो । यो विपक्षी टिमका लागि साह्रै मनमा बिझाउने हार हुन्थ्यो । युनाइटेडको त्यो बानीजस्तै बनेको थियो । 

युनाइटेडसँग यस्ता हार बेहोरेपछि विपक्षी खेलाडी मैदानमै पीडाले ढल्थे । फर्गुसन र उनका खेलाडी भने खुसी मनाइरहेका हुन्थे । यस्तोमा एउटा भाष्य निर्माण भएको थियो, सफल र महान टिमले जित्ने भनेकै यसरी हो । यसरी नै यी ठूला टिम च्याम्पियन हुने गर्छ । फर्गुसनको प्रभाव रहेकाले त्यसलाई ‘फर्गी टाइम’ मा परिभाषित गरिन्थ्यो ।

अहिले लिभरपुलले यस्तै प्रवृत्ति देखाउन थालेको छ । प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा यस्तै जितको मद्दतमा लिभरपुलले उपाधि जित्ने छाँट देखाउन गरेको छ । भर्खरै आइतबारको खेलमा लिभरपुलले टर्फ मुरमा बर्नलीलाई हरायो । स्कट पार्करको टिम गोलरहित बराबरीबाट साँच्चै केही सेकेन्ड मात्र टाढा थियो । लागिरहेको थियो, यो सिजन डिफेन्डिङ च्याम्पियनबाट अंक छिनेर लिने बर्नली नै पहिलो टोली हुनेछ ।

तर यस्तोमा बर्नलीको थाकेका खुट्टा र थाकेकै मनले सबैभन्दा प्रभावशाली एक खेलाडीलाई रातो कार्डमा गुमायो । टिम १० खेलाडीमा सीमित रह्यो । खेलले ८४ औं मिनेट छुँदा लेल्सी उगोचुक्वुलाई गुमाएको थियो । दोस्रो हाफमा इन्ज्युरी समय ५ मिनेट थपिएको थियो । खेलमा अन्तिम केही सेकेन्डमा चलिरहेको थियो । यत्तिकैमा जेरेमी फ्रिमपोङको प्रहारमा सब्स्टिच्युट खेलाडी हानिबलले अनावश्यक ढंगले बल हातले छोए ।

त्यसको नतिजा लिभरपुलको पक्षमा पेनाल्टी निर्णय सुनाइयो । त्यसलाई मोहम्मद सलाहले सजिलै गोलमा परिणत गरे । लिभरपुलले फेरि एकपल्ट अन्तिम क्षणको गोलमा जित निकालेको कथा थियो, यो । अनि यही नै थियो, ‘आर्ने टाइम’ । लिभरपुलले लिगका चार खेल लगातार जितेको छ । यसरी प्रिमियर लिगमा लगातार चार खेल जित्ने पनि पहिलो टिम बनेको छ ।

संयोग कस्तो भने यी सुरुआती चारै खेलको जित अन्तिम क्षणकै गोलमा सम्भव भएको थियो । बर्नमाउथलाई पहिलो खेलमा ४–२ ले हराउँदा लिभरपुल सुरुमै दुई गोलले अगाडि थियो, तर पछि २–२ को बराबरीमा रह्यो । लिभरपुलले एनफिल्डमा त्यसपछि ८८ औं मिनेटमा अग्रता लियो अनि इन्ज्यृुरी समयको चौथो मिनेटमा चौथो गोल गरेको थियो ।

न्युकासल युनाइटेडविरुद्ध पनि किशोर खेलाडी रिओ नोमोहाले सयौं मिनेटमा निर्णायक गोल गरे । आर्सनलविरुद्ध डोमिनिक सबोसलाईले फ्रि–किकबाट गरेको सानदार गोल पनि खेल सकिन सात मिनेट अगाडि मात्र पूरा भएको थियो । अहिले यस्तै कथा सलाहले बर्नलीविरुद्ध लेखाए । लिभरपुलका लागि अहिले यो सनसनीपूर्ण र उत्तिकै खुसीको प्रवृत्तिका रूपमा अगाडि आएको छ ।

यी चार खेलको सबैभन्दा ठूला विशेषता भनेको निर्णायक साबित गोल सबै खेलको अन्तिम १० मिनेटमा भएको थियो । यसैक्रममा लिभरपुलले आफ्नै एउटा नयाँ कीर्तिमान पनि बनाएको छ । लगातार माथिल्लो डिभिजनको ३८ खेलमा गोल गरेको छ । बर्नलीविरुद्ध डर थियो, कतै लिभरपुल गोल गर्न चुक्ने त होइन ? अर्को साता लिभरपुलले एनफिल्डमा एभरटनको सामना गर्दा ३९ खेलमा लगातार गोल गर्ने कीर्तिमान बराबरीको प्रयास गर्नेछ ।

टोटनहमको नाममा ३९ खेलमा लगातार गोल गरेको कीर्तिमान छ । सर्वकालीन कीर्तिमान भने आर्सनलको नाममा छ, टोलीले एकपल्ट लगातार ५५ खेलमा गोल गरेको थियो । आर्ने स्लटले जनवरीतिर दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘खेलको अन्त्यतिर गोल गर्ने कलामा हामीलाई बानी बसाउनु छ ।’ नभन्दै अहिले यस्तै भइरहेको छ । ‘बर्नलीविरुद्ध गोल गर्न हामीलाई अलिकति भाग्य र अलिकति जादुयी स्थिति चाहियो,’ तिनै स्लटले भने ।

Link copied successfully