कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रोडको नजर ५०० विकेटमा

एजेन्सी

म्यानचेस्टर — इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको तेस्रो तथा निर्णायक टेस्टको मंगलबार पाँचौं टेस्ट सुरु हुँदा सबैको नजर घरेलु फास्ट बलर स्टुवार्ट ब्रोडमा हुनेछ । उनी आफ्नो खेल जीवनको पाँच सयौं टेस्ट विकेट लिने संघारमा छन् ।

ब्रोडको नजर ५०० विकेटमा

उनी त्यस कोसेढुंगा उपलब्धिबाट केवल एक विकेट मात्र टाढा छन् । उनी इंग्ल्यान्डका लागि सर्वाधिक टेस्ट विकेट लिने दोस्रो स्थानका बलर पनि हुन् ।

लगातारको वर्षाका कारण चौथो दिनको खेल सोमबार हुन सकेन । ओल्ड ट्रायफोर्डमा भइरहेको टेस्टको चौथो दिन पूर्णत: वास्डआउट रह्यो । जितका लागि ३ सय ९९ रन पछ्याइरहेको वेस्ट इन्डिज दुई विकेट गुमाएर १० रनको स्थितिमा छ । तीन टेस्टको सिरिज १–१ को रोमाञ्चक बराबरीमा रहेको छ ।

ब्रोडले पाँच सय विकेट लिन सफल रहे, उनी त्यस्तो उपलब्धि हात पार्ने इंग्ल्यान्डका दोस्रो बलर मात्र हुनेछन् । यसअघि यस्तै उपलब्धि जेम्स एन्डरसनले हात पारेका थिए । संयोगले उनी पनि यस टेस्टमा खेलिरहेका छन् र उनी ब्रोडका प्रारम्भिक बलिङ हुन् । ब्रोडलाई इंग्ल्यान्ड पराजित यस सिरिजको पहिलो टेस्टमा खेलाइएको थिएन र यसको चर्को आलोचना भएको थियो ।

इंग्ल्यान्डका लागि सर्वाधिक विकेट लिने पाँच बलर

बलर विकेट संख्या

जेम्स एन्डरसन ५८९

स्टुवार्ट ब्रोड ४९९

इयान बोथम ३८३

बब विलियस ३२५

फ्रेड ट्रयुमन ३०७

प्रकाशित : श्रावण १३, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?