कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रेसियाविरुद्ध एटलान्टाको ६ गोल

एजेन्सी

मिलान — एटलान्टाले इटालीको सिरी ए को दोस्रो स्थानमा उक्लने क्रममा ब्रेसियालाई ६-२ गोलले पराजित गरेको छ । यस जितमा मारियो पासालिचले ह्याट्रिक गरे ।

यो जितपछि एटलान्टाको ३३ खेलबाट ७० अंक भएको छ । शीर्ष स्थानमा युभेन्टसको ७६ अंक छ । यस्तै इन्टर मिलान ६८ अंकमा तेस्रो स्थानमा रहेको छ । युभेन्टस र इन्टर दुवैले एक-एक खेल कम खेलेका छन् ।

पाासालिचले दोस्रो मिनेटमा गोलको खाता खोले र ५८ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।

प्रकाशित : असार ३१, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

चेल्सी च्याम्पियन्स लिग छनोट नजिक

एजेन्सी

लन्डन — युरोपेली च्याम्पियन्स लिग छनोटको होडमा रहेको चेल्सीले मंगलबार तेस्रो स्थानमा लेस्टर र म्यानचेस्टर युनाइटेमाथि चार अंकको अग्रता बनाएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले यसका लागि रेलिगेसनमा परिसकेको नर्विचलाई १–० ले हरायो ।

ओलिभर जिरोडले पहिलो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे र चेल्सी निर्णायक सावित हुन सक्ने तीन अंक बटुल्न सफल रह्यो । अब फ्रायन्क लाम्पार्डको चेल्सीले आफ्नो अन्तिम दुई खेलमा लिभरपुल र उल्भ्सको सामना गर्नेछ ।

लेस्टरले बुधबार सेफिल्ड युनाइटेड र म्यानचेस्टरले बिहीबार क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछ । चेल्सी यसअघिको खेलमा सेफिल्डसँग पराजित भएर दबाबमा आएको थियो ।

प्रकाशित : असार ३१, २०७७ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×