कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चेल्सी च्याम्पियन्स लिग छनोट नजिक

एजेन्सी

लन्डन — युरोपेली च्याम्पियन्स लिग छनोटको होडमा रहेको चेल्सीले मंगलबार तेस्रो स्थानमा लेस्टर र म्यानचेस्टर युनाइटेमाथि चार अंकको अग्रता बनाएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले यसका लागि रेलिगेसनमा परिसकेको नर्विचलाई १–० ले हरायो ।

चेल्सी च्याम्पियन्स लिग छनोट नजिक

ओलिभर जिरोडले पहिलो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे र चेल्सी निर्णायक सावित हुन सक्ने तीन अंक बटुल्न सफल रह्यो । अब फ्रायन्क लाम्पार्डको चेल्सीले आफ्नो अन्तिम दुई खेलमा लिभरपुल र उल्भ्सको सामना गर्नेछ ।

लेस्टरले बुधबार सेफिल्ड युनाइटेड र म्यानचेस्टरले बिहीबार क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछ । चेल्सी यसअघिको खेलमा सेफिल्डसँग पराजित भएर दबाबमा आएको थियो ।

प्रकाशित : असार ३१, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?