कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्नेतको नेतृत्वमा खेलकुद विभाग

कान्तिपुर संवाददाता

काठमाडौँ — मोहनबहादुर बस्नेतलाई प्रमुखमा चुन्दै नेपाली कांग्रेसले खेलकुद विभाग गठन गरेको छ । विभागका उपप्रमुखमा मोहनकुमार राई (काठमाडौं) र सचिवमा मीनकृष्ण महर्जन (ललितपुर) छन् ।

मणिभूषण यादव (बारा), उपेन्द्र यादव (सिरहा), दीपराज गुरुङ (काठमाडौं), बिजेन्द्र हमाल (बाँके), सोभितराज प्रसाईं (मोरङ), किरण राई (सुनसरी), लनम चौधरी (धनुषा), जितबहादुर केसी (दाङ), पंकज नेम्बाङ (झापा), कृष्ण बर्मा (बर्दिया), प्रतिमा शाही (डोटी), पूर्णसिंह बोहरा (डोटी), उद्धव खड्का (काठमाडौं), उमेश खड्का (भक्तपुर), राजु कँडेल (नुवाकोट), देवकुमार मानन्धर (स्याङजा), भानु चन्द (कञ्चनपुर), कुवेरप्रकाश सिंह (कैलाली), सिंहबहादुर तामाङ (दोलखा), टपेन्द्र दर्नाल (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), डम्बर खड्का (इलाम), शिव आचार्य (रुकुम) गरी २३ जना सदस्यमा चुनिएका छन् ।

प्रकाशित : असार ३०, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्

घूस रकमसहित उद्योग अधिकृत नियन्त्रणमा

अमृता अनमोल

बुटवल — ठेक्कापट्टाको लाइसेन्स बनाउने काममा सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट घूस रकम लिँदैगर्दा घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज बाँकेका उद्योग अधिकृत हुमबहादुर वलीलाई नियन्त्रणमा लिइएको छ ।

उनलाई ९६ हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो । कार्यालयका सूचना अधिकृत सुरेश भुसालले विशेष सूचनाका आधारमा खटिएको टोलीले उनलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको बताए ।

अभियुक्तमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यसअघि उनले पटक-पटक रकम लिएको पनि सेवाग्राहीको गुनासो छ ।

प्रकाशित : असार ३०, २०७७ १९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×