कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्डलाई विश्‍वकप जिताउने फुटबलर ज्याक चार्ल्टनको मृत्यु

एजेन्सी

लन्डन — इंग्ल्यान्डलाई विश्वकप फुटबलको उपाधि जिताउने चर्चित फुटबलर ज्याक चार्ल्टनको शुक्रबार निधन भएको छ । क्यान्सर रोगबाट पीडित चार्ल्टन ८५ वर्षका थिए ।

इंग्ल्यान्डलाई विश्‍वकप जिताउने फुटबलर ज्याक चार्ल्टनको मृत्यु

इंग्ल्यान्डमा निकै लोकप्रिय रहेका फुटबल चार्ल्टन सन् १९६६ मा विश्वकपको उपाधि जित्दा टिमको सदस्य रहेका थिए । उक्त टोलीमा उनका दाजु बबी पनि थिए ।

साथै लिड्स युनाइटेडमा २१ वर्ष खेलेका चार्ल्टनले पछि आयरल्यान्ड टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनको प्रशिक्षणमा आयरल्यान्ड सन् १९८८ मा युरोकपको फाइनल र सन् १९९० को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो ।

प्रकाशित : असार २७, २०७७ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?