कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्टर बराबरीमा रोकियो

एएफपी

रोम — इन्टर मिलान इटालीको सिरी एमा बिहीबार २–२ को बराबरीमा रोकिएको छ । यो नतिजापछि एन्टोनियो कोन्टेको टिम अंक–तालिकाको तेस्रो स्थानमा उक्लिन असफल रह्यो ।

इन्टर बराबरीमा रोकियो

दोस्रो हाफमा फेडरिको मिमारर्कोले आत्मघाती गोल गरेपछि इन्टरले एकै अंकमा चित्त बुझाउनुपरेको हो । भेरोनाले २८ वर्षयता इन्टरलाई हराउन भने सकेको छैन ।

चौथो स्थानमा रहेको इन्टरको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो छ । बिहीबारको अर्को खेलमा युडिनेजीले अन्तिम स्थानको स्पाललाई ३–० ले हरायो ।

प्रकाशित : असार २६, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?