कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानचेस्टर युनाइटेडको प्रभावशाली लय कायम

एजेन्सी

लन्डन — म्यानचेस्टर युनाइटेडले आफ्नो प्रभावशाली लय कायम राख्दै बिहीबार रेलिगेसन तनावबाट गुज्रिरहेको एस्टन भिल्लालाई सजिलै ३-० ले हरायो । इंग्लिस प्रिमियर लिगमा यस जितसँग शीर्ष चारमा म्यानचेस्टरको बलियो दाबेदारी पनि कायम रह्यो ।

म्यानचेस्टर युनाइटेडको प्रभावशाली लय कायम

म्यानचेस्टर सबै खाले प्रतियोगिताका पछिल्ला १७ खेलमा अपराजित छ । प्रिमियर लिगमै पनि लगातार चार खेलमा तीन अथवा त्यो भन्दा बढी गोलको अन्तरले जित निकाल्ने म्यानचेस्टर पहिलो टिम पनि बनेको छ ।

ओले गन सोल्सारको टिम अंक तालिकाको पाँचौं स्थानमा छ र यो चौथो स्थानमा रहेको लेस्टरसँग एक अंकको दूरी हो । बिहीबारकै अन्य खेलमा बर्नमाउथ र टोटनहमले ०–० तथा एभरटन र साउथह्याम्पटनले १–१ को बराबरी खेले ।

प्रकाशित : असार २६, २०७७ ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?