कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवराज र अनिशालाई बुद्धिचाल उपाधि

काठमाडौँ — नेपाल बुद्धिचाल संघको आयोजनामा यू–२० खुला, यू–२० महिला तथा भेट्रान राष्ट्रिय अनलाइन बुद्धिचाल प्रतियोगिताको खुलातर्फ स्याङ्जाका युवराज पौडेल च्याम्पियन बनेका छन् ।

स्विस लिग प्रणालीअनुसार ९ चरणसम्म स्पर्धामा एक हार बेहोरेका युवराजले ८ अंक जोड्दै उपाधि जिते । ३९ खेलाडीसम्मिलित प्रतियोगितामा काठमाडौंका विवेक श्रेष्ठ ७.५ अंकसाथ दोस्रो र भक्तपुरका निकेश कुसथा ७ अंकसाथ तेस्रो भए । महिलातर्फ काठमाडौंकी अनिशा न्यौपाने ५.५ अंकसाथ विजयी भइन् । झापाकी कृतिसरा अधिकारी ४.५ अंकसाथ दोस्रो र रूपन्देहीकी नमन सेढाईं ४ अंकसाथ तेस्रो भए ।

युवराज र अनिशाले जुलाई २२ देखि अगस्ट ३० सम्म हुने फिडे अनलाइन ओलम्पियाड २०२० मा नेपालको टिममा स्थान बनाएका छन् । उता ५० वर्ष उमेर समूह माथि भेट्रान स्पर्धामा कास्कीका रामबहादुर क्षेत्री राष्ट्रिय च्याम्पियन भए । सातौं चरणसम्म भएको खेलमा उनले ६ अंक जोडेका थिए । समान ५ अंक जोडेका कास्कीका विनोद नाल्मी र भक्तपुरका शिवसुन्दर गाइजु क्रमशः दोस्रो र तेस्रो भए । रामबहादुर, विनोद तथा शिवसुन्दरले जुलाई १३ देखि २१ तारिखसम्म हुने हुने एसियन सिनियर चेस च्याम्पियनसिपमा भाग लिने पाउनेछन् । जुम एप्लिकेसनमार्फत चेस डटकमको प्लेटफर्ममा उक्त स्पर्धा भएको हो ।

क्षितिज छैटौं फिडेमास्टर

युवा खेलाडी क्षितिज भण्डारीले फिडे मास्टर भएका छन् । ४२ औं चेस ओलम्पियाड बाकुबाट क्यान्डिडेट मास्टर भएका उनले गत वर्ष बंगलादेशमा सम्पन्न एसियन सिटिज चेस च्याम्पियनसिपमा गरेको प्रदर्शनको आधारमा उनी फिडे मास्टर भएका हुन् । नेपालका मनिष हमाल, सुजेन्द्रप्रसाद श्रेष्ठ, विलमलाल श्रेष्ठ, रुपेश जैसवाल र रिजेन्द्र राजभण्डारी फिडे मास्टर भइसके भने महिलातर्फ सुजना लोहनीले वुमन फिडेमास्टर भएकी छन् ।

प्रकाशित : असार २५, २०७७ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?