कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्नली र सेफिल्डबीच बराबरी

(एजेन्सी)

लन्डन — इंग्लिस प्रिमियर लिगको आइतबार बर्नली र सेफिल्ड युनाइटेडबीचको खेल १–१ को बराबरीमा टुंगेको छ । अर्को सिजन युरोपमा खेल्ने महत्त्वकांक्षा बोकेका यी दुई क्लबलाई बराबरीको नतिजाले फाइदा पुर्‍याउने छैन ।

बर्नली र सेफिल्डबीच बराबरी

बर्नलीले आफ्नो घरेलु मैदानमा जेम्स टारकोवस्कीको गोलले ४३ औं मिनेटमा अग्रता लिएको थियो । तर सेफिल्डका तर्फबाट खेल सकिन १० मिनेट अगाडि जोन इगनले बराबरी गोल फर्काए ।

लिग तालिकामा आठौं स्थानका सेफिल्डको ४८ अंक छ भने बर्नली थप एक स्थान पछाडि दुई अंकको दूरीमा छ ।

प्रकाशित : असार २१, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?