कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनलाइन कातामा चार पदक

काठमाडौँ — आईएसकेयू इन्टरनेसनल अनलाइन काता च्याम्पियनसिप २०२० मा नेपालले थप चार पदक जितेको छ ।

अनलाइन कातामा चार पदक

इन्टरनेसनल सोतोकान कराते युनाइटेड (आईएसकेयू) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आईएसकेयू) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, एक रजत र दुई कांस्य पदक जितेको हो ।

जुनियर विधामा नेपालका प्रनिल मानन्धरले स्वर्ण र सुनील खड्काले रजत जिते । लोकमान श्रेष्ठले कांस्य तथा महिलातर्फ श्रद्धा थापाले कांस्य जितेका थिए । अघिल्लो दिन नेपालले ४ स्वर्ण, ३ रजत र ३ कांस्यसहित १० पदक जितेको थियो ।

प्रकाशित : असार २१, २०७७ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?