कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहेनन् दिग्गज ब्याट्सम्यान विक्स

एजेन्सी

किंग्सटन — वेस्ट इन्डिजका लेजेन्डरी ब्याट्सम्यान सर एभरटन विक्सको बुधबार ९५ वर्षको उमेरमा निधन भएको छ । विक्सले ४८ टेस्टमा ५८.६१ को औसतले ४ हजार ४ सय ५५ रन बनाएका छन् ।

रहेनन् दिग्गज ब्याट्सम्यान विक्स

उनी लगातार पाँच टेस्टमा शतक बनाउने एक मात्र खेलाडी हुन् । यस्तै टेस्ट क्रिकेटमा सर्वाधिक औसत हुने दस ब्याट्सम्यानमध्ये उनी एक हुन् ।

वेस्ट इन्डिज क्रिकेटका ‘थ्री डब्लू’ मध्ये पनि उनी एक हुन् । अन्य दुई सर क्लाइड वाल्कट र सर फ्रायन्क वारेल हुन् । यी तीन खेलाडीको उत्कृष्ट प्रदर्शनमा वेस्ट इन्डिजले सन् १९५० मा इंग्ल्यान्डलाई उसकै घरमा पहिलोपल्ट हराएको थियो ।


प्रकाशित : असार १८, २०७७ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?