म्यानचेस्टरको युरोपेली लिगमा छनोट सम्भावना बलियो

एजेन्सी

ब्राइटन — ब्रुनो फर्नान्डेसको दुई गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा ब्राइटनलाई ३–० ले हराएर युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ ।

फर्नान्डोको व्यक्तिगत उत्कृष्ट प्रदर्शनले म्यानचेस्टर यो सिजनकै सबैभन्दा माथिल्लो दर्जाको फुटबल पस्कन सफल रह्यो ।

एमेक्स स्टेडियममा म्यानचेस्टरले मेसन ग्रिनउडको गोलले अग्रता लिएको थियो । यो जितपछि म्यानचेस्टर पाँचौं स्थानमा उक्लेको छ । उसलाई उल्भ्समाथि समान अंकमा गोल अन्तरको फाइदा छ । ओले गन सोल्सारको टिम चौथो स्थानमा रहेको चेल्सीभन्दा दुई अंकले मात्र पछाडि छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई अर्को सिजन युरोपमा खेल्नबाट प्रतिबन्ध लागे पाँचौं स्थानको टिमले पनि च्याम्पियन्स लिग खेल्न पाउनेछ । जनवरीमा लिस्वनबाट म्यानचेस्टर आएका फर्नान्डोले क्लबका लागि लिगमा ६ गोल गरिसकेका छन् । उनको आगमनपछि म्यानचेस्टरले आफ्नो पुरानो छवि फर्काउन थालेको छ ।

प्रकाशित : असार १७, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्

युभेन्ट्स ४ अंकले अगाडि

एजेन्सी

जेनोआ — युभेन्ट्सले मंगलबार पुछारतिरको जेनोआलाई ३–१ ले हराएर इटालीको सिरी ए लिग तालिकामा ४ अंकले अगाडि रहन सफल भएको छ ।  त्यसमा विजयी टिमका लागि पउल डेबेला, क्रिस्टियानो रोनाल्डो र डगलस कोस्टाले उत्कृष्ट गोल गरेका थिए ।

पहिलो हाफमा जेनोआले युभेन्ट्सको आक्रमण सफलतापूर्वक रोके पनि दोस्रो हाफमा विपक्षी टिमका स्टार खेलाडीको उत्कृष्ट प्रदर्शनसामु टोलीको केही लागेन ।

डेबेलाले ५०औं मिनेटमा जेनोआका तीन डिफेन्डरलाई छलाएर डिफ्लेक्ट भएको सटमा पहिलो गोल गोल गरे । त्यसको सात मिनेटमा रोनाल्डोले २५ मिटर परबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भयो । कोस्टाले तेस्रो गोल थपे ।

जेनोआतर्फबाट आन्द्रे पिनामोन्टीले एक गोल फर्काए । युभेन्ट्सको २९ खेलबाट ७२ अंक भएको छ । लाजियो भने ६८ अंकमा दोस्रो स्थानमा छ । उसले दिनको अर्को खेलमा टुरिनोलाई २–१ ले पराजित गरेको थियो ।

प्रकाशित : असार १७, २०७७ ०६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×