कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेसीको ७००‍‍‍ औं‍‌‌ गोल तर बार्सिलोना बराबरीमा राेकियो

एजेन्सी

म्याड्रिड — लियोनल मेसी मंगलबार आफ्नो खेलजीवनको ७००‌औं‍‌‌ ‌ गोल गर्न सफल रहे पनि बार्सिलोना एट्लेटिको म्याड्रिडसँग  २–२ को बराबरीमा रोकिएको छ । यसले स्पेनी ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई थप धक्का पुगेको छ ।

मेसीको ७००‍‍‍ औं‍‌‌ गोल तर बार्सिलोना बराबरीमा राेकियो

क्याम्प नुमा भएको खेलमा मेसीले पेनाल्टीबाट गोल गर्दै कोसेढुंगा गोलको उपलब्धि आत्मसात् गरेका हुन् । डिएगो कोस्टाको आत्मघाती गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।

त्यसयता एट्लेटिकोका तर्फबाट दुवै गोल सउल निगुएजले गरे । दुवै गोल पेनाल्टीमा भएको थियो । यो नतिजापछि रियल म्याड्रिडले बुधबार गेटाफेलाई हराएर शीर्ष स्थानमा चार अंकको अग्रता खोल्न सक्नेछ ।

लिगमा पाँच चरणको खेल बाँकी छँदा यो निर्णायक अग्रता साबित हुन सक्नेछ । दिनका अन्य दुई खेलमा सेभियाले लेगानेसलाई ३–० र मार्लोकाले सेल्टा भिगोलाई ५–१ ले हराए ।

प्रकाशित : असार १७, २०७७ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?