कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्लिस प्रिमियर लिगमा वाटफोर्डको संघर्ष कमजोर हुँदै

एजेन्सी

लन्डन — रेलिगेसनबाट बच्न संघर्षरत वाटफोर्डले आइतबार ठूलो धक्का बेहोरेको छ । ड्यानी इन्गसको दुई गोलको मद्दतले इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनले वाटफोर्डलाई ३–१ ले हरायो ।

इंग्लिस प्रिमियर लिगमा वाटफोर्डको संघर्ष कमजोर हुँदै

साउथह्याम्पटनले १६औं मिनेटमा इन्गसको गोलले अग्रता लिएको थियो । त्यसयता खेल उसैको नियन्त्रणमा रह्यो । यो जितपछि साउथह्याम्पटनको ४० अंकका साथ १३औं स्थानमा उक्लेको छ ।

वाटफोर्ड भने २८ अंकमा १६औं स्थानमा कायम रह्यो । यो रेलिगेसन क्षेत्रबाट एक स्थान मात्रै अगाडि हो । पुछारबाट तेस्रो स्थानमा रहेको बर्नमाउथको २७ अंक छ । उसले एक खेल कम खेलेको छ ।

प्रकाशित : असार १५, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?