कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व नम्बर १ टेनिस खेलाडी जोकोभिच कोरोना संक्रमित

रोयटर्स

बेलग्रेड — विश्वका पुरुष नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिच कोभिड १९ बाट संक्रमित भएका छन् । सर्बियाली खेलाडीले भाइरस परिक्षणको नतिजा पोभिटिभ आएको मंगलबार पुष्टि गरेका छन् । जोकोभिच एडरिन टुर प्रदर्शन प्रतियोगिता खेल्ने क्रममा संक्रमित भएका हुन् । 

विश्व नम्बर १ टेनिस खेलाडी जोकोभिच कोरोना संक्रमित

उनी अगाडि त्यसै प्रतियोगिता खेलेका बोर्न कोरिच, ग्रिगर डिमिट्रिभ र भिक्टोर ट्रोइकीलाई पनि संक्रमण भएको पुष्टि भइसकेको छ । जोकोभिचले भनेका छन्, ‘अहिले म बेलग्रेडमा छु र आराम गरिरहेको छु । मेरो परीक्षणमा पोजिटिभ पाइएको छ । मेरा पत्नी र सन्तानको नतिजा भने नकारात्मक आएको छ ।’

प्रकाशित : असार ९, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?