कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाइपजिग तेस्रो स्थानमा बलियो

एएफपी

बर्लिन — डानी ओल्मोले दुई मिनेटमा दुई गोल गरेपछि जर्मन बुन्डेसलिगामा आरबी लाइपजिगले होफेनहाइमलाई शुक्रबार राति २–० ले हराएको छ ।

लाइपजिग तेस्रो स्थानमा बलियो

यो जितपछि तेस्रो स्थानमा रहेको लाइपजिगले आफूमाथिको बोरुसिया डर्टमन्डसँगको दूरी एक अंकमा छोट्याएको छ ।

लाइपजिगको अब ६२ अंक भएको छ । यससँगै टोलीलाई लिगमा तीन चरण मात्र बाँकी रहेका बेला अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि सजिलै छनोट हुने स्थिति बनेको छ ।

यसपल्ट पनि उसले क्वार्टरफाइनल यात्रा तय गरिसकेको छ । उसका लागि स्पेनी मिडफिल्डर ओल्मोले ९ र ११ मिनेटमा गोल गरे ।

प्रकाशित : जेष्ठ ३१, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?