लाइपजिग तेस्रो स्थानमा बलियो
बर्लिन — डानी ओल्मोले दुई मिनेटमा दुई गोल गरेपछि जर्मन बुन्डेसलिगामा आरबी लाइपजिगले होफेनहाइमलाई शुक्रबार राति २–० ले हराएको छ ।
यो जितपछि तेस्रो स्थानमा रहेको लाइपजिगले आफूमाथिको बोरुसिया डर्टमन्डसँगको दूरी एक अंकमा छोट्याएको छ ।
लाइपजिगको अब ६२ अंक भएको छ । यससँगै टोलीलाई लिगमा तीन चरण मात्र बाँकी रहेका बेला अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि सजिलै छनोट हुने स्थिति बनेको छ ।
यसपल्ट पनि उसले क्वार्टरफाइनल यात्रा तय गरिसकेको छ । उसका लागि स्पेनी मिडफिल्डर ओल्मोले ९ र ११ मिनेटमा गोल गरे ।
प्रकाशित : जेष्ठ ३१, २०७७ ०७:२९प्रतिक्रिया