कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युभेन्ट्स इटालियन कपको फाइनलमा

एएफपी

टुरिन — युभेन्ट्सले शुक्रबार राति इटालियन कप फाइनलको यात्रा तय गरेको छ । सेमिफाइनल दोस्रो लेगमा उसले १० खेलाडीमा सीमित एसी मिलानसँग गोलरहित बराबरी खेल्यो ।

युभेन्ट्स इटालियन कपको फाइनलमा

यससँगै इटालीमा तीन महिनाको अन्तरमा फुटबल पनि फर्केको छ ।

सिरी ‘ए’ च्याम्पियन युभेन्ट्स घरबाहिरको गोलका आधारमा फाइनल पुगेको हो । सानसिरोमा फेब्रुअरीतिर भएको पहिलो लेगको सेमिफाइनल १–१ को बराबरीमा टुंगेको थियो । दोस्रो लेगमा युभेन्ट्सको प्रदर्शन कमजोर रह्यो ।

उसले मिलान ७४ मिनेटयता १० खेलाडीमा सीमित भएको स्थितिको फाइदा पनि लिन सकेन । युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा गोल गर्न पनि चुके । अर्को सेमिफाइनलमा दोस्रो लेगमा शनिबार नेपोली र इन्टर मिलान भिड्दै छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?