कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भर्चुअल तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

काठमाडौँ — नेपाली खेलाडीले भर्चुअल अन्तर्राष्ट्रिय पुम्से तेक्वान्दो च्याम्पियनसिपमा २ स्वर्ण पदक जितेका छन् । दावा शेर्पा र लक्ष्मण ऐरले स्वर्ण जितेका हुन् ।

भर्चुअल तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

यूएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्त्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन पोर्टल्यान्डद्वारा आयोजित प्रतियोगितामा नेपालले २ रजत र १ कांस्य पनि जित्यो ।

सस्मिता केसी र अर्जुन तामाङले रजत तथा रेशमाया गुरुङले कांस्य जितेका थिए । प्रतियोगितामा नेपाली निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


प्रकाशित : जेष्ठ २७, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?