कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुन्छेनग्ल्याडबाखलाई फ्राइबर्गको धक्का

एएफपी

म्युनिख — बोरुसिया मुन्छेनग्ल्याडबाख जर्मन बुन्डेसलिगामा फ्राइबर्गसँग १–० ले पराजित हुन पुगेको छ । युरोपेली च्याम्पियन्स लिग छनोटको प्रयासमा रहेको टोलीका लागि यो हार ठूलो धक्का हो ।

मुन्छेनग्ल्याडबाखलाई फ्राइबर्गको धक्का

सन् १९८४ यता सबैभन्दा राम्रो प्रदर्शन गरिरहेको मुन्छेनग्ल्याडबाख हारका बावजुद चौथो स्थानमा छ । उसको ५६ अंक छ । तर उसलाई बायार लेबरकुसनले उछिन्न सक्नेछ ।

लिगमा चार चरणका खेल मात्र बाँकी रहेको बेला प्राप्त यो जितले फ्राइबर्गको अर्को सिजन युरोपा लिग खेल्ने सम्भावना भने बलियो भएको छ । उसका लागि निल्स प्रिस्टनले ५८औं मिनेटमा निर्णायक गोल गरे ।

प्रकाशित : जेष्ठ २४, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?