पोर्चुगलमा फुटबल सुरु, पोर्टो पराजित

एएफपी

लिस्बन — पोर्चुगल युरोपमा फुटबल फेरि सुरु गर्ने अर्को देश बनेको छ । कोरोना संक्रमणको महामारीले रोकिएको प्रिमियर लिग बुधबार सुरु भएको हो ।

अंकतालिकाको शीर्ष स्थानमा रहेको पोर्टो पहिलो दिन नै फामालिकोसँग २–१ ले पराजित रह्यो । दोस्रो स्थानको बेनफिकाले बिहीबार टोन्डेलाको सामना गर्दै छ ।

लिग तालिकाको दोस्रो स्थानमा रहेको बेनफिका पुरानो प्रतिद्वन्द्वी पोर्टोभन्दा एक अंकले मात्र पछाडि छ । उसका सामु अब शीर्ष स्थान कब्जा गर्ने अवसर हुनेछ ।

बुधबारकै अर्को खेलमा पुछारबाट दोस्रो स्थानमा रहेको पार्टिमोनेन्सले गिल भिन्सेन्टलाई १–० ले हराउँदै रेलिगेसनबाट बच्ने सम्भावना जीवन्त राख्यो ।

प्रकाशित : जेष्ठ २२, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्

ब्रेमनलाई रेलिगेसनको तनाव

एएफपी

बर्लिन — जर्मन बुन्डेसलिगामा अस्तित्व बचाउन संघर्षरत भेरडाआ ब्रेमनलाई बुधबार ठूलो धक्का लागेको छ । टोली घरेलु मैदानमा आइन्ट्राख्ट फ्रान्कफर्टबाट ३–० ले पराजित रह्यो ।

बुन्डेसलिगाको माथिल्लो डिभिजनमा सबैभन्दा बढी सिजन बिताउने कीर्तिमान ब्रेमनको नाममा छ तर पछिल्लो हारपछि क्लब अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

ब्रेमन सुरक्षित स्थानबाट अझै तीन अंक टाढा छ । लिगमा अब ६ चरणका खेल बाँकी छन् । फ्रान्कफर्टको जितमा आन्द्रे सिल्भाले सुरुआती गोल गरेयता स्टाफान इसन्करले दुई गोल थपे ।

प्रकाशित : जेष्ठ २२, २०७७ ०७:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×