कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा भएकाे प्रहरी अन्यायकाे विरोध स्वरूप खेलाडीको ‘ब्ल्याक आउट’

एजेन्सी

लन्डन — विश्वभरका खेलाडीले मंगलबार अमेरिकी अश्वेत जर्ज फ्लोयडविरुद्ध भएको प्रहरी अन्यायको विरोधमा आफ्नो सामाजिक संजालमा ‘ब्ल्याक आउट’ प्रदर्शन गरेका छन् ।

अमेरिकामा भएकाे प्रहरी अन्यायकाे विरोध स्वरूप खेलाडीको ‘ब्ल्याक आउट’

श्वेत प्रहरीले नियन्त्रण लिने क्रममा हतियारविहीन ४६ वर्षीय अफ्रिकी अमेरिकीको मे २५ मा मृत्यु भएको थियो । यसलाई प्रहरीद्वारा गरिएको हत्या मानिएको छ ।

यसकै विरोधमा अमेरिकामा हिंसात्मक प्रदर्शन भइरहेको छ र स्थानीय प्रशासनले लगाएको कर्फ्यु पनि तोड्ने काम भइरहेको छ । यसैक्रममा खेलाडीले पनि सामाजिक संजालमा विरोधमा ‘ब्ल्याक आउट’ प्रदर्शन गरेका हुन् ।

अमेरिकाका अधिकांश बास्केटबल स्टारले ‘ब्ल्याक आउट’ प्रदर्शनीमा सहभागिता जनाएका छन् । यस्तै विश्व फुटबलका अधिकांश प्रमुख खेलाडीले पनि यसमा भाग लिएका छन् ।

प्रकाशित : जेष्ठ २१, २०७७ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?