कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ला लिगा सुरु गर्न स्पेनी सरकारको अनुमति

एजेन्सी

म्याड्रिड — स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन ८ पछि ला लिगा सुरु गर्न सक्ने बताएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका कारण लिग रोकिएको स्थितिमा थियो ।

ला लिगा सुरु गर्न स्पेनी सरकारको अनुमति

शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब ठूला खेल प्रतियोगिता सुरु गर्न सकिन्छ । विशेषत: जुन ८ को साताबाट ला लिगा फेरि सुचारू गर्न सकिनेछ ।’ कोभिड-१९ को महामारीका कारण दुई सातादेखि फुटबल हुन सकेको छ्रन । अर्को महिनाबाट फेरि लिग सुरु गर्न अहिले क्लब सानो समूह बनाएर अभ्यासमा ब्यस्त छन् ।

ला लिगा अध्यक्ष ज्याभिएर टेबासले भने जुन १२ बाट लिग सुरु हुने सम्भावना रहेको बताएका छन् । लिगमा ११ चरणका खेल बाँकी छ । जुलाईको अन्त्यसम्म लिग सकाउने योजना पनि रहेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?