कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डो फर्किए प्रशिक्षणमा

एएफपी

टुरिन — क्रिस्टियानो रोनाल्डो मंगलबार युभेन्ट्सका लागि प्रशिक्षणमा फर्केका छन् । कोरोना भाइरस संक्रमणको महामारीबीच उनी दुई महिनापछि प्रशिक्षणमा फर्केका हुन् ।

रोनाल्डो फर्किए प्रशिक्षणमा

बिहानको समय रोनाल्डो क्लबको प्रशिक्षण केन्द्रमा आएर तीन घण्टा बिताए । स्थानीय मिडियाका अनुसार ७२ दिनपछि पहिलो प्रशिक्षणमा उत्रिनुअगाडि रोनाल्डोको स्वास्थ्य परीक्षण गरिएको थियो ।

युभेन्ट्सले सोमबारदेखि नै प्रशिक्षक मउरिजो सारीको नेतृत्वमा समूहगत प्रशिक्षण सुरु गरिसकेको छ । मे ४ मा खेलाडीले व्यक्तिगत प्रशिक्षण सुरु गरेका थिए । रोनाल्डो त्यही दिन पोर्चुगलबाट इटाली आइपुगेका थिए ।

प्रकाशित : जेष्ठ ७, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?