कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएलमा भेटिए ६ संक्रमित

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग (ईपीएल) मा गरिएको परीक्षणका क्रममा मंगलबार ६ जना संक्रमित भेटिएका छन् । तिनमा बर्नलीका सहायक प्रशिक्षक इयान वन पनि छन् । ईपीएलले अघिल्लो दिन मात्र ७ सय ४८ खेलाडी र प्रशिक्षकमा कोभिड–१९ परीक्षण गरेको थियो ।

ईपीएलमा भेटिए ६ संक्रमित

ईपीएलले संक्रमित कसैको पनि नाम दिएको छैन । तर बर्नलीले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोडिभ–१९ परीक्षणका क्रममा क्लबका सहायक प्रशिक्षक इयान वन संक्रमित पाइएको छ ।’

बर्नलीका अनुसार ईपीएलको नियमअनुसार इयान अब सात दिन आइसोलेसनमा बस्ने छन् । ईपीएलमा मंगलबारदेखि नै समूहगतमा प्रशिक्षण सुरु गरिएको छ । लिग अर्को महिना फर्कने प्रयासमा छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?