कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्कटल्यान्डमा सेल्टिक लिग च्याम्पियन घोषित

(एएफपी)

एडिनबर्ग — सेल्टिकलाई सोमबार स्कटिस प्रिमियर लिगको च्याम्पियन घोषणा गरिएको छ । सेल्टिकले लिग जितेको यो लगातार र कीर्तिमान नवौपल्ट हो । निल लेननको टिम लिग तालिकामा १३ अंकको अग्रतासहित शीर्ष स्थानमा थियो ।

स्कटल्यान्डमा सेल्टिक लिग च्याम्पियन घोषित

कोरोना भाइरस संक्रमणको महामारीका कारण लिग स्थगितको स्थितिमा थियो । लिगमा आठ चरणको खेल बाँकी छँदा मार्चमा संक्रमणका कारण अगाडि बढ्न सकेको थिएन ।

दोस्रो स्थानमा रहेको रेन्जर्ससामु मात्र सेल्टिकलाई पछ्याउन सक्ने अवसर थियो । लिग सुचारु भएको भए सेल्टिक र रेन्जर्सबीच दुईपल्ट खेल्न बाँकी थियो ।

लिगका प्रत्येक खेलमा क्लबले हात पारेका औसत अंकको आधारमा लिगको अन्तिम तालिका पनि निर्धारण गरिएको छ । त्यसअनुसार हार्ट रेलिगेसनमा परेको छ । गत साता भएको क्लबबीचको बैठकमा प्रतियोगितालाई थप नलम्ब्याउन निर्णय भएको थियो ।


प्रकाशित : जेष्ठ ५, २०७७ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?