कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीसीसीआईले आफ्ना खेलाडीलाई अभ्यासका लागि मैदानमा फर्काउन हतार नगर्ने

रोयटर्स

नयाँ दिल्ली — भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आफ्ना खेलाडीलाई अभ्यासका लागि मैदानमा फर्काउन हतार नगर्ने सोमबार जनाएको छ ।

अघिल्लो दिन मात्र भारतीय सरकारले खेलकुदका भौतिक पूर्वाधार सुचारु गर्न अनुमति दिएको थियो ।

यसका बावजुत भारत कोरोना भाइरस संक्रमणको महामारी रोक्न मे महिनाको ३१ सम्म लकडाउनकै स्थितिमा रहेको छ । लकडाउनकै स्थितिमा सरकारले खेलाडीलाई अभ्यास गर्न अनुमति दिएको हो ।

तर दर्शक आकर्षिक हुने कुनै पनि प्रकारका कार्यक्रम गर्न भने अझै रोक छ । बीसीसीआईले यातायातमा अझै रोक रहेको स्थितिमा कुनै प्रकारको प्रशिक्षणको कार्यक्रम सुरु गर्न अगाडि हतार नगर्ने बताएको हो ।

बोर्डले भनेको छ, ‘खेलाडी र खेल पदाधिकारीको स्वास्थ्य स्थिति नै हाम्रो पहिलो प्राथमिकता हो, त्यसैले हामी कुनै पनि प्रकारको प्रशिक्षणका लागि हतार गर्ने पक्षमा छैनौं ।’

भारतले जुनमा श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ, जुन भाइरस संक्रमणको महामारीकै कारण रद्द हुने संघारमा रहेको छ । यस्तै इन्डियन प्रिमियर लिग (आईपीएल) बारेको अन्यौलता पनि कायम छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?